माटो जोगाउ अभियन्ता दौड यात्री ढल्केवरमा, आज जनकपुर पुग्दै

|

ढल्केवर, धनुषा

माटो जोगाउ अभियानअन्तर्गत नेपालमा नेतृत्व गरिरहेका नविन पुन मंगलबार साँझ धनुषाको ढल्केवर आइपुगेको छ ।
सातवटै प्रदेश गरी ३५ सय किलो मिटर दौडेर यात्रा तय गर्ने लक्ष्यसाथ काठमाडौंबाट दौड यात्रा शुरुको पुन सातौं दिनमा ढल्केवर आइपुगेको हो ।

यहाँ उनलाई मिथिला उद्योग बाणिज्य संघका पदाधिकारी र कोमल होटलका सञ्चालक स्वागत तथा सम्मान गरेका थिए ।

माटो जोगाउनका निम्ति लण्डनदेखि भारतसम्म २७ राष्ट्रको सय दिनमा तीस हजार किलोमिटर एक्लै मोटरसाइकल यात्रा तय गरेका सद्गुरुको अभियानलाई बल पु¥याउन पुनले काठमाडौंबाट दौड शुरु गरेका थिए । काठमाडौंबाट दौड शुरु गरेको पुन सातौं दिनमा ढल्केवर आइपुगेको हो ।

पुन बुधबार बिहान जनकपुरका लागि दौड शुरु गर्ने बताए । जनकपुरमा मोनाष्टि विद्यालयले आयोजना गरेको माटो जोगाउन अभियानमा सहभागी हुने बुझिएको उनले जानकारी दिए ।

माटोमा उर्वराशक्ति कम हुँदै गएको र यस्तै अवस्था रहे ६० वर्षपछि माटोबाट अन्नबाली उत्पादन नै नहुने अवस्था देखेर तथा विभिन्न कारणले खेतीयोग्य जमिन मरुभूमि बन्दै गएकाले यसलाई समय छदै जोगाउन सचेतना मुलक अभियानअन्तर्गत यो दौड यात्रा शुरु गरेको पुनले बताए ।