पोखरीमा डुबेर एक बालकको मृत्यु

|

ढल्केवर, धनुषा

धनुषामा पोखरीमा डुबेर एक बाललको मृत्यु भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–३ वस्ने बिल्टु महराको १० वर्षिय छोरा सन्तोष महराको पोखरीमा डुबेर मृत्यु भएको हो ।

गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरको डिहिवार थान मन्दिर नजिक रहेको पोखरीमा क्रममा ति बालकको डुबेर मृत्यु भएको प्रहरी चौकी विरेन्द्रबजारले जनाएको छ ।

बालकको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।