बोराभित्र आलु, आलुभित्र स्रोत नखुलेको ८३ लाख, दुइ जना पक्राउ

|

स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रूपैयाँ सहित धनुषामा दुई जना पक्राउ परेका छन् ।

धनुषाको जनक नन्दनी गाउँपालिका १ इनर्वाबाट सशस्त्र प्रहरीले ज ७ प ५००७ नम्वरको मोटरसाइकलाई चेक जाँच गर्ने क्रममा आलुको बोरा भित्र सो परिणामको रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाको जनकनन्दनी गाउँपालका वडा नम्वर १५ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुर बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।