ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा पूर्व राजा ज्ञानेन्द्र शाहको ७६ औं जन्मजयन्ती मनाइएको छ । बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले ढल्केवरस्थित महेन्द्र पार्कमा पूर्व राजा शाहको जन्मजयन्ती मनाएका हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मिथिला नगरपालिकाको आयोजनामा पूर्व राजाको तस्बिर अगाडि मैनवत्ती बालेर तथा केक काटेर जन्मजयन्ती मनाए । त्यस अवसरमा राप्रपाका कार्यकर्ताले डुब्न लागेको देशलाई राजा आएर जोगाउनु पर्ने बताए ।
राजाले राजनीतिकर्मीलाई देश सुम्एिसँगै देशमा भ्रष्टाचार र अपराधले प्रश्रय पाएको भन्दै पूर्व राजा शाहले पुनः देशको बागडोर नियन्त्रणमा लिनुपर्ने राप्रपाका कार्यकर्ताले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका मिथिला नगरपालिका अध्यक्ष मदमबहादुर मोक्तानको अगुवाई भएको पूर्व राजा शाहको जन्मजयन्तीका अवसरमा पार्टीका जिल्ला सदस्य रामशरण मुखिया, नथुनी ठाकुर, क्षेत्रिय सदस्य बेचन महतो, मिथिला नगरपालिकाकी प्रत्यासी उपमेयर बबिता सुवेदीलगायत पार्टीका कार्यकर्ता तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।