
ढल्केवर, धनुषा
नेपाली काँग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुखमा रोतहटका युवा नेता नितेशकुमार गुप्तालाई नियुक्त गरिएको छ ।
नेता गुप्तालाई काँग्रेसको विधान २०१७ (शंसोधनसहित) को धारा १३ (११) बमोजिम सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुखमा नियुक्त गरिएको हो ।
नेपाली काँग्रेसका मधेश प्रदेश सदस्यसमेत रहेका नेता गुप्तालाई सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुखका साथै समग्र नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशिल बनाउनमा महत्वपूर्ण योगदान रहने काँग्रेस मधेश प्रदेशले विश्वास राखेको छ ।