पूर्वमन्त्री यादवको पहलमा हरिहरपुर–क्षीनपा सडक चाँडै कालोपत्रे हुँदै

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुर हुँदै क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर जोडिन सडक कालोपत्रे हुने भएको छ ।

नेपाली काँग्रेसका सहमहामन्त्री तथा संघीय सरकारका पूर्व खानेपानी मन्त्री महेन्द्र यादव र मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको पहलमा उक्त सडक कालापत्रे गर्न बजेट बिनियोजन गरिएको छ ।

दुइजना महेन्द्रको पहलमा संघीय सरकारले हरिहरपुरमा कालोपत्रे सडक बनाउन बजेट बिनियोजन गरेपछि हरिहरपुरवासी खुशी देखिएका छन् ।

मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले संघीय सरकारको लगानीमा हरिहरपुरदेखि क्षीरेश्वरना नगरपालिकाको सीमा क्षेत्रसम्म कालोपत्रे सडक बन्ने बताए । यसका लागि संघीय सरकार ९७ लाख बजेट बिनियोजन गरेको बताउँदै नगर प्रमुख महतोले सडक निर्माणको काम यसै वर्ष हुने जानकारी दिए ।