जानकी मेडिकल कलेजले विभिन्न रोगको निःशुल्क उपचार गर्ने, एम्बुलेन्स पनि ‘फ्री’

|

ढल्केवर, धनुषा

धनुषाको रमदैयामा रहेको जानकी मेडिकल कलेजले साउन महिनाभरी विभिन्न रोगको निःशुल्क उपचार गर्ने भएको छ ।
कलेजले ‘इन्टिच्यूट अफ मेडिसिन (आइओएम)’ को ५० वर्ष पुरा गरेको अवसरमा ओपिडी सेवालगायत अन्य विभिन्न स्वास्थ्य उपचार निःशुल्क प्रदान गर्न लागेको हो ।

जानकी मेडिकल कलेजका निर्देशक रामप्रसाद उप्रेतीले ‘इन्टिच्यूट अफ मेडिसिन (आइओएम)’ को ५० औं वार्षिकोत्सवको अवसरमा साउन महिनाभरी आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्रीरोग, बालरोग, आँखा, नाक, कान, घाँटी अर्थोपेडिक्स, दन्त, चर्म र पिशाबका बिरामीलाई निःशुक ओपिडी सेवा प्रदान गर्ने बताए ।

उनले त्यसबाहेक जानकी मेडिकल कलेजले ल्याब परीक्षण, रेडियोलोजी, आइसियु, एनआइसियु र वार्डको शुल्कमासमेत २५ प्रतिशत छुट दिने जानकारी दिए । यसलगायत मेडिकल कलेजलले चौबिसे घण्टा एम्बुलेन्स सेवा पनि साउन महिनाभरीलाई निःशुल्क सेवा दिने कलेजका निर्देशक उप्रेतीले भने ।

धनुषामा एकमात्र मेडिकल कलेज जानकी मेडिकल कलेजले मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टर उत्पादन गर्ने लक्ष्यसाथ अघि बढिरहेको छ ।