ढल्केवर, धनुषा
जिल्ला प्रहरी कायालय धनुषाले ज्यान मार्ने उद्योग तथा डाका मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले मङ्लबार राति जनकपुरधामस्थि प्रादेशिक अस्पताल नजिकैबाट महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरका ३५ वर्षिय गङ्गाप्रसाद महतोलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले गोप्य सूचनाका आधारमा महतोलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । जिल्ला अदालत महोत्तरीले ज्यान मार्ने उद्योग र डाका मुद्दामा आरोप ठहर गर्दै पक्राउ पुर्जि जारी गरेपछि महतो विगत सात महिनादेखि फरार अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
घटना र मानिस पनि महोत्तरीकै भएकाले पक्राउ परेका महतोलाई बुधबार नै महोत्तरी प्रहरीको जिम्मा लगाइदिएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।