पक्राउ आदेशपछि जगन्नाथ भए फरार

|

ढल्केवर, धनुषा

बिगो मुद्दामा एक वर्ष कैद सजाय तोकिएका जनकपुरधामका एक व्यक्ति फरार भएको छ । धनुषाको औरही गाउँपालिका–२, साविक देउरी परवाहा गाविस–६ का अशोककुमार यादवलाई धनुषा जिल्ला अदालतले बिगो मुद्दामा पक्राउ गरी थुनामा राख्ने आदेश जारी गरेपछि उनी घरवार छोडेर भागेको बताइएको छ ।

प्रतिवादी सबैला नगरपालिका १० बस्ने जगन्नाथ पजियार रहेको मुद्दामा पजियारलाई १ बर्ष कैद सजाय तोकिएको छ ।

गत जेठ २० गते धनुषा जिल्ला अदालतले पजियारलाई एक बर्ष कैद सजाय हुने आदेश सुनाएपछि उनी फरार भएका छन् । अदालतले २१ असारमा पजियारलाई पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय धनुषालाई समेत पत्र पठाएको छ ।

पजियारको जनकपुरधामस्थित भानु चोकमा पनि ठूलो घर छ । उनी यहीं बस्दै आएका छन् । अदालतले प्रहरी समेतलाई पक्राउ गर्न पत्राचार गरेको जानकारी पाएपछि उनी फरार भएका हुन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।