महोत्तरीका पत्रकार ललन मण्डलमाथि कुटपिट, कुटपिटमा संलग्नलाई कारवाही गर्न माग

|

ढल्केवर, धनुषा

महोत्तरीका पत्रकार ललन मण्डललाई कुटपिट तथा दुव्र्यवहार गरिएको छ । न्युज २४ टेलिभिजनका महोत्तरी समाचारदाता तथा बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्षसमेत रहेका मण्डललाई सोमबार गौशाला बजारमा केही व्यक्तिले कुटपिट तथा दुव्र्यवहार गरेको हो ।

स्थानीय दुइ पक्षबीच लेनदेनको विषयमा भएको विवाद तथा झगडाको समाचार संकलन गर्न पुगेका पत्रकार मण्डल र उनको सहयोगी अजित चौधरीलाई गोशाला नगरपालिका बस्ने ४२ वर्षिय सञ्जय रौनियार, ४१ वर्षिय अशोक यादव र ४२ वर्षिय वित्त यादवले कुटपिट गरेको पत्रकार मण्डलले बताए ।

कुटपिटमा परेका पत्रकार मण्डलले सोमबार नै इलाका प्रहरी कार्यालय गौशालामा कुटपिटविरुद्ध उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय गौशालाका सई त्रिभूवन साहका अनुसार आरोपितमध्ये सञ्जय रौनियारलाई बिआरु ०६१७०० नम्बरको भारतीय स्कार्पियो गाडीसहित सोमबार साँझ नै पक्राउ गरिएको र अन्य फरार रहेकाले उनीहरुलाई पनि पक्राउ गर्न खोजतलास गरिरहेको बताए ।
यसैबीच पत्रकार सम्बद्ध संघसंस्थाहरुले घटनामा संलग्नहरुलाई अविलम्व पक्राउ गरी कानुनी कारवाही गर्न माग गरेको छ ।