अवैध काठको गोलियासहित ट्याक्टर बरामद

|

ढल्केवर, धनुषा

धनुषा प्रहरीले अवैध काठको गोलियासहित ट्याक्टर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बुधबार अन्दाजी ५५ क्यूफिट जङ्गली काठका गोलियासहित ज १ त ९३४८ नम्बरको ट्याकटर प्रहरीले बरामद गरेको बताउनुभयो ।

लुकाइछिपाई ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले भठिहनबाट सो काठ बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

अवैध काठ, ट्याक्टर र ट्याक्टर चालक शहीदनगर नगरपालिका–२, बस्ने ३० वर्षिय श्रवणकुमार यादवसमेतलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय धनुषाधाममा बुझाइएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

सव डिभिजन वन कार्यालय धनुषाधामका वन अधिकृत उमेश मण्डलले प्रहरीले बरामद गरेको अवैध काठ, ट्याक्टर त्यस ट्याक्टरका चालकलाई वन कार्यलयमा जिम्मा लगाएको बताउनुभयो । उहाँले अहिले वन कार्यालयको नियन्त्रणमा रहेको अवैध काठ, ट्याक्टरसँगै चालकमाथि थप अनुसन्धान भइरहेको तथा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकबाट