मिथिला नगरपालिकामा नेपाल स्वास्थ्यकर्मी संघको कार्यसमिति गठन

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकामा कार्यरत स्वाथ्यकर्मीहरुले नगरस्तरीय नेपाल स्वास्थ्यकर्मी संघको कार्यसमिति गठन गरेको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल स्वास्थ्यकर्मी संघअन्तर्गत मिथिला नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुको भेलाले आइतबार सात सदस्य नगरस्तरीय कार्यसमिति गठन गरेको हो । जसको अध्यक्षमा आभाष कर्ण, उपाध्यक्षमा फूलकुमारी महतो, सचिवमा विवेक कर्ण, कोषाध्यक्षमा बिरेन्द्र महतो र सदस्यहरुमा कमलेश साह, श्रीनारायण महतो र रविन्द्र राय रहेका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति धनुषाको आयोजनामा भेला गरिएको थियो । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति धनुषाको अध्यक्ष रामगुलाम कर्णको अध्यक्षता तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आथित्यमा सो भेला तथा कार्यसमिति गठन गरिएको छ ।