मावन बेचबिखन मुद्दाका फरार सहनी १२ वर्षपछि पक्राउ

|

ढल्केवर, धनुषा

जिल्ला प्रहरी कार्यालय धनुषाले मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक जना फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले महोत्तरीको बर्दिवास नगरपालिका साविक किसाननगर गाविस–४ बस्ने विनोद सहनीलाई पक्राउ गरेको हो । उनलाई आइतबार जनकपुरधाम उपमहानगरपालिका–४ भैरव चौकबाट प्रहरीको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताए ।

पक्राउ परेका सहनी २०६७ सालदेखि फरार थिए । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गर्न सफल भएको प्रवक्ता क्षेत्रीले जनाए ।

पक्राउ परेका सहनीलाई आइतबार नै जिल्ला अदालत धनुषामा उपस्थिति गराई पाँच दिनको म्याद लिई यस कार्यालयमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।