ढल्केवर, धनुषा
धनुषाको जनकनन्दनी गाउँपालिकामा विद्यालय जाने उमेर समूहका १६ जना जना अपाङ्ग बालबालिकाहरुलाई मंगलबार शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । पालिकामा प्लान इन्टरनेशनल नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा आसमान नेपालद्धारा धनुषाद्धारा संचालित सिकाई (ीभबचल) परियोजना अन्तर्गत विद्यालय जाने उमेर समूहका १६ जना अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
आधारभुत विद्यालय कठालको प्राधानाध्यापक रामबहादुर ठाकुरको अध्यक्षता तथा जनकनन्दनी गाउँपालिकाको अध्यक्ष दिपिनदेव यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
सो कार्यक्रममा गाउँपालिकाको श्री मा.वि. खजुरी चन्हाका ४ जना, श्री आधारभुत विद्यालय बल्हागोठका ४ जना, श्री आधारभुत विद्यालय कठालका ३ जना, श्री गिरजा आधारभुत विद्यालय महुवाका २ जना र श्री शंकर मा.वि. बनरझुलाका ३ जना गरी जम्मा १६ जना बालबालिकाहरुलाई प्रति विद्यार्थी १० पिस २ लाईन कपी, ६ पिस ४ लाईन कपी, १ प्याकेट डट पेन, १ प्याकेट पेन्सिल, इरेजर ६ पिस, कटर ६ पिस, जोमेट्रिक बक्स १ सेट, कलर पेन्सिल १ प्याकेट, स्कुल व्याग १ पीस, सर्टका कपडा २ मिटर, प्यान्टको कपडा १।५ मिटर, स्कुल जुत्ता र मौजा १ जोर वितरण गरिएको आसमान नेपालका कार्यक्रम संयोजक संजीव कुमार साहले जानकारी दिनुभयो ।
सो अवसरमा वडा नं. ६ का वडाअध्यक्ष सुर्यदेव यादव, प्राधानाध्यापकहरु राम किशोर यादव, हरिलाल यादव, राजेन्द्र साह, राम बहादुर ठाकुर, धर्मनाथ यादव, भोला प्रसाद यादव, लक्ष्मण साह र दुर्गा प्रसाद मण्डलको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा आसमान नेपालको तर्पmबाट कार्यक्रम संयोजक संजीव कुमार साह, फिल्ड सुपरभाइजरहरु विजय कुमार सदा, अम्बिका कुमारी यादव, राजेन्द्र सदा, मनोहर राम लगायतले व्यवस्थापनको कार्य गरेको थियो ।