धनुषाको विदेह नगरपालिकामा अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

|

ढल्केवर, धनुषा

धनुषाको विदेह नगरपालिकामा विद्यालय जाने उमेर समूहका १६ जना जना अपाङ्ग बालबालिकाहरुलाई सोमबार शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक एवं प्राविधिक सहयोग तथा आसमान नेपालद्धारा धनुषाको विदेह नगरपालिकामा संचालित सिकाई (Learn) परियोजना अन्तर्गत विद्यालय जाने उमेर समूहका १६ जना अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
विदेह नगरपालिकाका श्री जनता नमुना मा.वि. गिद्धा बेलापट्टीको ५ जना, श्री शंकर मा.वि. दुहवी गोवरहीका ६ जना तथा श्री मा.वि. ठाडीका ५ जना अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्री र झोला वितरण गरिएको छ । बालबालिकाहरुको शारिरीक अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित विद्यालयमा पुगेर सो सामग्री वितरणको गरिएको जनाइएको छ ।
अपाङ्ग बालबालिकाहरुलाई १० पिस २ लाईन कपी, ६ पिस ४ लाईन कपी, १ प्याकेट डट पेन, १ प्याकेट पेन्सिल, इरेजर ६ पिस, कटर ६ पिस, जोमेट्रिक बक्स १ सेट, कलर पेन्सिल १ प्याकेट, स्कुल व्याग १ पीस, सर्टका कपडा २ मिटर, प्यान्टको कपडा १÷५ मिटर, स्कुल जुत्ता र मौजा १ जोर वितरण गरिएको आसमान नेपालले जनाएको छ ।
विदेह नगरपालिकाको जनता नमुना मा.वि. गिद्धा बेलापट्टिमा विद्यालयको प्रधानाध्यापक पवन कुमार मण्डलको अध्यक्षता तथा उपमेयर आशा देवी झाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका ५ जना अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
यस्तै विदेह नगरपालिका २ को शंकर मा.वि. दुहवी गोवराहीमा वडा अध्यक्ष राम कुमार सहनीको अध्यक्षता तथा उपमेयर झाको प्रमुख आतिथ्यमा ६ जना अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । यता विदेह नगरपालिकाकै वडा नं. १ स्थित मा.वि. ठाढीको प्राधानाध्यापक उमेश पाण्डेको अध्यक्षता तथा वडा अध्यक्ष संजय पाण्डेको प्रमुख आतिथ्यमा ५ जना अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्री र झोला वितरण गरिएको छ ।
उक्त कार्यक्रमको उदघोषण सिकाई परियोजनाका फिल्ड सुपर भाइजर विजय कुमार सदा र कार्यक्रम संयोजक संजीब कुमार साहले गर्नु भएको थियो । कार्यक्रमको व्यवस्थापनको सम्र्पुण कार्य आसमान नेपालको फिल्ड सुपरभाइजर राम विनय यादव र सरस्वती शर्माले गर्नु भएको थियो ।