प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

|

ढल्केवर, धनुषा

प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–६, तारापट्टी बस्ने २७ वर्षिय प्रविण यादव प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको हो ।

सोमबार उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–५ देवानपोखरीबाट पक्राउ गरिएको छ ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले यादवको शरीर खानतलासी गर्दा उनको साथबाट नेपालमा प्रतिबन्ध रहेको नाइट्रोभेट ट्यावलेट ५२५ थान र नगद एक हजार २५५ रुपियाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताए ।

लागू औषधसहित पक्राउ परेको यादवमाथि लागू औषध मुद्दा चलाएको छ । उनी सवार रहेको ज १० प ३१३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिए ।