सप्तकोशी कटानपीडितलाई उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको निर्देशन

|

गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।

नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको हो ।

सेनाले कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ ।
सप्तकोशीको कटानका कारण दुई हजार चार सय घर परिवार विस्तापित हुने भएकाले उनीहरूलाई अन्यत्रै स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।