‘निक शिक्षा दिअ’ परियोजनाले गणेशमान चारनाथ नगरपालिकाको शिक्षामा व्यापक सुधार भएको छ ः मेयर जितनारायण यादव (अन्तर्वार्ता)

|

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा निक शिक्षा दिअ परियोजनाले कस्तो कार्य गरेको छ, शिक्षाको विकासमा नगरपालिका कहाँ पुगेको छ भन्ने विषयमा केन्द्रीत भएर हामीले नगर प्रमुख जितनारायण यादवसँग कुराकानी गरेको छौं । प्रस्तुत छ, उहाँसँग गतिलो खबरका लागि गरिएको अन्तर्वाताको सम्पादित अंश

मेयर साहव सञ्चै हुनुहुन्छ ? मेयरमा निर्वाचित भएर आएपछि अहिले के गर्दै हुनुहुन्छ ?
हो, म सञ्चै छु , नगर प्रमुखमा निर्वाचित भएर आएपछि जनताको सेवामा अचेल व्यस्त भएछु, चुनाव जितेर आएपछि त फुर्सदै हुँदैन्, नगरको शिक्षा, स्वास्थ, सरसफाइ, खानेपानी, अन्य विकासका कार्यहरुमा अचेल दिनचर्या व्यतित हुँदै छ । जनताले मत दिएर सेवा र विकासको लागि जिताएको छ, जनताकै सेवामा लागेको छु ।

अनि, नगर प्रमुखको रुपमा निर्वाचित भएर आएपछि यहाँले नगरपालिकाको विकासको लागि कुन क्षेत्रलाई बढी प्राथमिकतामा राख्नु भएको छ ?
हेर्नुस्, विकास गर्ने कुरा कुनै जादुको छडी चलाएर गर्ने कुरा हुँदैन् । मानिसको ईच्छा, आंकाक्षा, आवश्यता र विकास भन्ने गर्ने कुरा कहिल्यै पनि पुरा हुँदैन, आज यो गर्यो, भोली यो गर्नु छ, विस्तारै गर्दै जाने हो । अब जहाँसम्म कुरा हो, म निर्वाचित भएर आएछु, जनताले मलाई नगरको विकास र जनतामुखी कार्यको लागि मत दिनु भएको हो, पक्कै पनि म जनतालाई आफ्नो कार्यकालमा जनतामुखी कार्य गरेर जनताको सेवा नै गर्नेछु कुरामा म विश्वस्त छु । अब रहियो कुरा प्राथमिकताको । त सबै कार्य प्राथमिकतामा नै राखेर अघि बढ्दै छु, अहिले त निर्वाचित भएको पनि धेरै दिन भएछैन्, भर्खर दुई अढाई महिना हुँदैछ, गर्ने कामकुरो धेरै छन् । तर भन्नै पर्दा हाम्रो नगरपालिका मात्रै होइन मधेश प्रदेश नै शिक्षामा निकै पछि परेको छ । त्यसैले मैले अहिले बढी शिक्षाको क्षेत्रमा फोकस गरेको छु । किनभने शिक्षा विना केही पनि सम्भव छैन्, जनता शिक्षित नभए विकासको के काम हुन्छ । जनता जागरुक हुनु पर्यो, शिक्षित हुनु परियो, हरेक नागरिकले शिक्षा पाउनु पर्यो, विकासको जग नै गुणस्तरीय शिक्षा हो, अहिले त्यसमै बढी केन्द्रीत भएको छु ।
यहाँले भन्नु भो, शिक्षा क्षेत्रमा बढी फोकस गरेर अहिले कार्य गर्दै छु, गुणस्तरीय शिक्षाको लागि फोकस गरेछु, के के गर्दै हुनुहुन्छ त ?
हो, म अहिले बढी जसो कार्य शिक्षा र शैक्षिक क्षेत्रको विकासको लागि गर्दै छु, हाम्रो नगरपालिकाको शिक्षाको अवस्थामा समग्रमा सुधार ल्याउन र भएको सुधारका कार्यलाई कसरी टिकाउने, दिगो बनाउने हो, त्यसको लागि निक शिक्षा दिअ परियोजना चल्दै छ, त्यो परियोजनालाई अगामी दिनमा पनि कसरी संचालन गर्ने र अहिले शिक्षा क्षेत्रमा भएको उपलब्धीहरुलाई संस्थागत गरी टिकाइ राख्नको लागि गर्नुपर्ने कार्यको योजना र छलफल लगायतको कार्य साझेदार निकाय, दातृ निकाय, संघसंस्था, शिक्षाप्रेमी, विद्धानहरुसँग समन्वय गरेर अगाडी बढ्दै छु ।
के हो, निक शिक्षा दिअ परियोजना, कसरी संचालन गर्नुभएछ ?
अँ, यो निक शिक्षा दिअ परियोजना गणेशमान चारनाथ नगरपालिकाका र आसमान नेपाल धनुषाको सहयकार्यमा विगत केही वर्षदेखि चल्दै आएको शिक्षा परियोजना हो । यो नगरपालिकाको सहकार्यमा आसमान नेपालले पालिकाको सबै सामुदायिक विद्यालय र मदरसमा संचालन भईरहेको छ । । खासमा विद्यालय बाहिर रहेका समुदायका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने, बालबालिकाहरुलाई दिवाको समयमा विद्यालयमा टिकाउने, विद्यालय पहुँच बाहिर रहेका बालकालिकालाई विद्यालयमा ल्याउनलाई अभिभावकलाई सम्झाउने, बुझाउने, अपांग बाबालिकाहरुलाई पनि उसको घर नजिक पायक पर्ने विद्यालयमा ल्याउने लगायत लैंगिकमैत्री शिक्षाको अवधारण अनुसार नै अघि बढेका छौं र पालिकालाई बालश्रम मुक्त बनाउने गरी हामी लागेका छौं । यसमा म धन्यवाद दिन चाहन्छु आसमानका पालिका संयोजक नरेन्द्र पासवान ज्यूलाई, जो हाम्रो पालिकाको शिक्षामा सुधार ल्याउन अहोरात्र हातेमालो गरेर खट्नु भएको छ । निक शिक्षा दिअ परियोजनाले नगरको शिक्षामा व्यापक सुधार आएको छ, कति भनौं, भनि साध्य छैन् ।

परियोजनाले गणेशमान चारनाथ नगरपालिकामा कस्तो कार्यहरु गरेको यहाँले पाउनु भएको छ ?
अब यसमा भन्नु पर्दा यहाँ हाम्रो पालिकामा निक शिक्षा दिअ परियोजनाले २१ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा गुणस्तरीय शिक्षाका लागि अहोरात्र खटेको मैले पाएको छु । म नगर प्रमुखमा निर्वाचित भएर आएको पनि धेरै दिन भएको छैन् तर जति दिन भएछ, म प्रायः हरेक दिन शिक्षा र शैक्षिक सुधारको लागि कुनै न कुनै गतिविधिमा लागेको छु । यसका लागि आसमानका पासवान जी म पनि हामीसँगै लाग्नु भएको छ, अहिले पालिकको विद्यालयहरुमा पहिलाको तुलनामा व्यापक सुधार भएको मैलै पाएको छु ।
गणेशमान चारनाथ नगरपालिकामा जति पनि बालबालिकाहरु विद्यालयमा आउने उमेर समूह छन् र विभिन्न कारणले उनीहरु विद्यालयमा आउन सकेका थिएन् अब त्यस्तो छैन्, मैले आफै पनि यहाँको तथ्यांक हेरे, विद्यालयहरुमा अनुगमन गरे, प्रायः सबै बालबालिकाहरु विद्यालयमा आएका छन् । विद्यालयको भौतिक अवस्थामा पहिलाको भन्दा निकै सुधार पनि भएको छ । खानेपानी, सरसफाइ र चर्पीको अवस्थामा पनि सुधार भएको पाएको छु । तपाई पनि आएर एकचोटी कम्तिमा भिजिट गर्नुस न ।

अहिले पनि केही बालबालिकाहरु विद्यालयमा जान सकेको छैन् किन होला ?
हो, अब एकआध बालबालिका, केही कारणवस अहिले उमेर बढी भएका भनौं न १०÷११ वर्षदेखि माथि र १८ वर्षमुनिका किशोर किशोरी विद्यालयमा आउन सकेको छैन् । उनीहरुलाई पनि ल्याउन के गर्नुपर्छ हामी लागेका छौं । कोहि बाहिर गएको छ, कोहि घरमा भेट्दै, जसको हामी खोजी गर्दै र्छौ, सबैलाई खोजी ल्याउँछौ र उनीहरुको उमेर अनुसार कुन कक्षा सुहाउँदा हुन्छ, त्यसमा भर्नाको प्रक्रिया थाल्छौं । अहिले हाम्रो पालिकामा ४२ जना ११ देखि १८ वर्ष बीचका बालबालिका र १८ जना अपांग बालबालिका छन्, जो विभिन्न कारणले विद्यालय बाहिर छन्, सब अलग अलग एरियामा छन् । अब उनीहरुलाई ल्याउने पर्ने हाम्रो सोँच रहेको छ । उनीहरुलाई उमेर अनुसार विद्यालयमा म्याच कसरी गर्ने कुन कक्षामा राख्ने वा छुट्टै कक्षाको व्यवस्था गर्ने भनेर शिक्षा विज्ञसँग छलफल गर्ने योजनामा लागेका छौं ।

अधिकांश सामुदायिक विद्यालयहरुमा भौतिक अवस्था, खानेपानी, सरसफाइ र स्वच्छताको अभाव हुन्छ, यहाँको पालिकाको विद्यालयहरुको पनि त्यही अवस्था यहाँले पाउनु भएको हो ?
हो, म यसै पालिकाको बासिन्दा छु, बरमझिया गाउँमा मेरो घर छ, यहाँको शिक्षा र विद्यालयहरुको विद्यार्थीको अवस्था, विद्यालयको भौतिक अवस्था, खानेपानी, सरसफाइको अवस्थाको प्रत्यक्षदर्शी र भुक्तभोगी पनि छु, तर अब भने त्यो अवस्था र परिवेश विल्कुलै फरक भईसकेको छ । टाढा जानु नै पर्दैन, यहि ३ र ४ वर्ष पहिलासम्म्म पनि जर्जरै अवस्था थियो । तर अहिले त्यो अवस्था अवस्था र परिवेश निक शिक्षा दिअ कार्यक्रमले फेरिएको छ । अहिले आएर हेर्नुस् गणेशमान चारनाथ नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयमा धेरै परिवर्तन भएको छ । गुणस्तरीय शिक्षा देखि लिएर विद्यालयको भौतिक अवस्थादेखि लिएर खेलकुदको अवस्था, खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थामा पनि व्यापक सुधार भएको छ, कमी छैन् । विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियामा पनि हामी अब्बल भएका छौं । तपाई आएर हेर्न सक्नुहुन्छ । तपाई लालबहादुर टोल डुमरियाको आधारभूत विद्यालयमा आएर यसको नमुना हेर्न सक्नुहुन्छ ।

अधिकांश साुमदायिक विद्यालयमा राजनीति हुन्छ, विद्यालयका व्यवस्थापन समिति गठनमा त झन बढी नै राजनीति हुन्छ, यहाँको पालिकामा पनि त्यस्तो छ, पाउनुभएछ ?
हो, तपाईले ठिक भन्नुभो, यहाँ पनि पहिला यस्तो समस्याहरु थियो तर अब त्यो समस्या कम हुँदै गएको छ । शिक्षा क्षेत्रलाई त सर्व प्रथम राजनीतिबाट टाढा नै राख्नु पर्छ । मेरो पनि मान्यता हो, शिक्षामा राजनीति हुनु हुँदैन् । जहाँ शिक्षामा राजनीति हुन्छ, त्यहाँ शिक्षा कदापि गुणस्तरीय र सिकाइमैत्री हुँदैन् । अहिले हाम्रो गणेशमान चारनाथ नगरपालिकाको कुनै पनि विद्यालयमा अब यस्तो अवस्था पाउनु हुन्न । एकआध बाहेक सबैमा सौहार्दपूर्ण वातारवाणमा व्यवस्थापन समिति र अन्य समितिहरु गठन भएको, शिक्षा र पठन पाठनमा व्यापक सुरधार आएको र गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौं । प्रायः प्रत्येक विद्यालयका शिक्षकलाई कुनै पनि कुनै तालिममा सहभागी गराएका छौं र आसमान नेपालले तालिम दिएको छ । तालिम पाएर उहाँहरुको शिक्षण सीप र दक्षतामा पनि वृद्धि भएको छ । यसमा पनि निक शिक्षा दिअ परियोजनाले अहम भूमिका खेलेको छ । गुणस्तरीय शिक्षामा आसमान र पासवान जीले यहाँ गर्नुभएको कार्य र योगदानको जति पनि प्रशंसा गरे मलाई लाग्छ त्यो कमै हुन्छ ।
अब अगामी दिनमा शिक्षामा प्राप्त यी उपलब्धीहरुलाई कसरी  निरन्तरता कसरी दिनुहुन्छ ?
हो, अब हामीले शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा धेरै कार्य गर्नु पर्नेछ । यसका भएको उपलब्धीहरुलाई बचाउन, टिकाउन र अगामी दिनमा पनि यसको निरन्तरताका लागि हामीले योजना बनाएर कार्य गर्न सोचेका छौं । यसको लागि हामीले यस चालु आर्थिक वर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएका छौं । बाटोघाटो पिच गरेर मात्रै विकास हुँदैन् । सडकर बाटोघाटोको विकास एक वर्ष पछि धकेलेपनि फरक पर्दैन तर शिक्षाको विकास धकेलियो भने शिक्षा क्षेत्र मात्रै होइन, सारा क्षेत्र नै बर्बाद हुन्छ । किनकी मानिसको पढ्ने उमेर फर्केर आउँदैन् । हामीले अरु केही होइन शिक्षा, स्वास्थ्य, कृषिमा कार्य गर्न सक्यो भने मलाई लाग्न अन्य विकासको लागि सोच्नु नै पर्र्दैन् । पालिकामा कम बजेट भएर पनि हामीले यसपाली डेढ करोड बजेट शिक्षामै राखेको छु । शिक्षामा व्यापक सुधार गुणस्तरीय शिक्षामा थप वृद्धि विकासका लागि शिक्षक अभाव परिपूर्ति गर्न थप शिक्षकका लागि विज्ञापन पनि आह्वान गरेको छु, यसले पनि पक्कै शिक्षामा गुणस्तरीय थपिनेमा म विश्वस्त छु । पढाउने शिक्षककै अभाव भएपछि शैक्षिक स्तर वृद्धि हुन्छ भन्ने कल्पना पनि नगरे हुन्छ ।
 अब परियोजनाको अन्तिम समय पनि छ, कसरी अगाडी बढ्नुहुन्छ ?
हो, सुन्दै छु परियोजनाको सम्झौता अवधी समाप्त हुन लागेको, परियोजनाले यो पालिकामा शिक्षा क्षेत्रमा विकास र सुधार तथा शैक्षिक गुणस्तरीयताका लागि जुन एउटा बेस बनाएको छ, यो कायमै रहनु पर्छ । शिक्षामा अवस्थाम सुधार गरेर आसमानका परियोजना र परियोजनाका कर्मचारीहरु हामीलाई ठूलै गुण लगाउनु भएको छ । परियोजना र कर्मचारीहरुको धेरै मेहनत र परिश्रमले हामी यहाँसम्म आएका छौ । यसको निरन्तरता पक्कै पनि हुनै पर्छ । यो परियोजना अवधी समाप्त हुँदैछ भनेर सुन्दा मलाई भनौ न एक किसिमले पिडा नै महसुस भइरहेको छ । यो अझै आवश्यक छ र चल्नु पर्छ ।  परियोजना थपिनु पर्छ, हामी फेरी पनि सहकार्य गर्न सम्बन्धित दातृ निकाय, आसामान नेपालसँग सहकार्य गर्न चाहन्छौ । यदि यस्तो भएन भने पालिकाबाटै हामीले बजेट र जनशक्ति व्यवस्थापन गरेर भएपनि यसलाई निरन्तरता चाँही दिन्छौ ।