नागरिकता विधेयक दोस्रो पटक पारित

|

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ।

बिहीबार भएको मत विभाजनमा यसअघि भएको व्यवस्थामा कुनै पनि परिवर्तन नगरी जस्ताको तस्तै पारित भएको हो।

नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए। नेपाल सयम अनलाइनबाट