पुलमा भेटिएको शंकास्पद वस्तु प्रहरीले हटायो

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरमा भेटिएको शंकास्पद वस्तुको जिम्मेवारी विप्लव समूहले लिएको छ ।

धनुषाको ढल्केवरमा भेटिएको शंकास्पद वस्तु प्रहरीले हटाएको छ । मङ्लबार दिनको १ बज ढल्केवर–जनकपुर सडक खण्डको मिथिला नगरपालिका –६, ढल्केवरस्थित बसही पुलमा राखिएको शंङ्कास्पद वस्तु प्रहरीले हटाएको हो ।

खाली काटुनमा ‘खतरा’ लेखिएको र माथिबाट रातो कपडा राखिएको अवस्थामा भेटिएको शंकास्पद वस्तु प्रहरीले हटाएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए ।

समाजमा त्रास फैलाउन कसैले त्यस्तो गरेको हुनसक्ने उहाँले जानकारी दिए ।
शंकास्पद वस्तु भेटिएको स्थानलाई सुरक्षित राखेर जाँच गर्दा बिस्फोटक पदार्थ नरहेको पुष्टि भएपछि पुलबाट हटाएको प्रहरी निरीक्षक सिंहले जनाए ।