ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा भेटिएको शंकास्पद वस्तुको जिम्मेवारी विप्लव समूहले लिएका छन् । मङ्लबार दिनको १ बज ढल्केवर–जनकपुर सडक खण्डको मिथिला नगरपालिका –६, ढल्केवरस्थित बसही पुलमा शंकास्पद शंकास्पद वस्तु भेटिएको थियो ।
सो शंकास्पद वस्तु इलाका प्रहरी कार्यालय ढल्केवरबाट आएका प्रहरीले हटाएका थिए । खाली काटुनमा खतरा लेखिएको र माथिबाट रातो कपडा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका धनुषा इन्चार्ज त्रिलोकले सो शंकास्पद वस्तु आफ्नो समूहले राखेको बताए । पार्टी आह्वान गरेको नेपाल बन्द सफल बनाउन बसही पुलमा खतरा लेखिएको शंकास्पद वस्तु राखिएको उनले जनाए ।
नेपाल बन्दको पूर्व सन्ध्या सोमबार धनुषाको जमुनिवासमा चौक मसाल जुलुससमेत प्रदर्शन गरिएको इन्चार्ज त्रिलोकले भने ।
उनका अनुसार शेरबहादुर देउवा नेतृत्वको सरकारले पार्टीसँग गरिएको तीन बुँदे सम्झौता उल्लङ्घन गर्दै पार्टीका शीर्ष २७ जना नेतालाई पक्राउ पुर्जी जारीको, राष्ट्रघाती एमसिसी परियोजना लागू गरेको, अर्को राष्ट्रघाती एसपीपी परियोजना लागू गर्न खोजिएको र महङ्गीविरुद्धमा नेपाल बन्दको आह्वान गरिएको गरिएको छ ।
देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न केपी शर्मा ओली नेतृत्वको सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा भएको थियो ।