चार लाखबढीको अवैध मालसमान बरामद

|

ढल्केवर, धनुषा

धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट चार लाख ६५ हजार ९५० रुपियाँ मुल्यको अवैध खाद्यन्न तथा लत्ताकपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले सोमबार राती नगराइन नगरपालिका, विदेश नगरपालिका र धनौजी गाउँपालिकास्थित भारतीय सीमा नजिकबाट सो सामानहरु बरामद भएको बताए ।

भारतबाट भन्सार छलेर लुकिछिपी ल्याइरहेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखेर तस्करहरुले सामान छोडेर भागेको हुनसक्ने अनुमान प्रहरीको छ ।

वेवारिस अवस्था भेटिएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए ।