अधिग्रहण जग्गाको मुआब्जा पुनरावलोकन गर्न माग

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरमा विद्युत प्रशारण लाइन निर्माण गर्न अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम पुनरावलोकनका लागि पहल गरिदिन मिथिला नगरपालिकाका मेयरलाई ज्ञापनपत्र बुझाइएको छ ।

समाजसेवी युवा नितान्त कार्कीको नेतृत्वमा मंगलबार मिथिला नगरपालिकाको कार्यालय पुगेका जग्गाधनीहरुले समय सापेक्ष जग्गाको मुआब्जा निर्धारणका लागि पहल गरिदिन मेयर महेन्द्र महतोलाई ज्ञापनपत्र बुझाएका हुन् ।

पेशाले वकिलसमेत रहेका समाजसेवी युवा कार्कीले मिथिला नगरपालिका वडा नं. ६ र ७ का जग्गाधनीहरुले मेयर महतोलाई ज्ञापन पत्र बुझाइएको बताए ।

एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले ढल्केवरदेखि सीतामढी बिहारसम्म विद्युत प्रशारण लाइन निर्माण गरिरहेको छ । कम्पनीले अरुण तेस्रो जलविद्युत आयोजनाबाट ९०० मेगावाटको ४०० केभी डबल सर्किट विद्युत प्रशारण लाइन निर्माण गर्न अधिग्रहण गरिएको जग्गाको मुआब्जा पीडितलाई थाहै नदिई तोकिएको भन्दै पुनरावलोकन गर्न माग गरिएको उनले जनाए ।

ज्ञापनपत्र बुभ्mदै मेयर महतोले जग्गाधनीको मागलाई पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको कार्कीले बताए ।