लैङ्गिक हिंसाका मुद्दामा न्याय वितरण प्रणालीको प्रभाविकारिता विषयक अन्तरक्रिया कार्यक्र

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरमा दलित महिला केन्द्र नेपालले लैङ्गिक हिंसाका मुद्दाहरुमा न्याय वितरण प्रणालीको प्रभाविकारिता विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका, बटेश्वर गाउँपालिका मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, र गणेशमान चारनाथ नगरपालिका गरी पाँचवटा स्थानीय तहको जनप्रतिनिधि, सुरक्षाकर्मी, मानव अधिकारीकर्मी तथा सञ्चारकर्मीको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतकका अधिवक्ता सानु डङ्गोलले लैङ्गिक हिंसाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता डङ्गोलले हिंसाका पचिहान, हिंसाका कारण र हिंसा गर्ने व्यक्तिलाई कानूनी सजायको बारेमा जानकारी गराउनुभएको थियो ।

छोरा र छोरीबीचको विभेद, दाइजो प्रथा, बोक्सीजस्ता अन्धविश्वासका कारण समाजमा लैङ्गिक हिंसा हुने गरेको बताउनुभयो । महिला हिंसा अन्त्यका लागि विभिन्न कानून, नीति, कार्यविधि तथा मापदण्डको स्थितिको बारेमा जानकारी प्राप्त हुने र कानूनको प्रयोगको क्रममा एवं व्यवहारमा देखिएका कमी कमजोरी हटाउनका आवश्यक भएको अधिवक्ता डङ्गोल प्रस्तुतीको क्रममा भन्नुभयो ।