कांग्रेस धनुषाका अर्का नेता बस्नेत पनि एमाले प्रवेश गर्दै

|

ढल्केवर, धनुषा

नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादवपछि धनुषाका अर्का प्रभावशाली नेता महेशकुमार बस्नेत नेकपा एमाले प्रवेश गर्ने भएको छ । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित रहने जनसभाबाट उनी एमाले प्रवेश गर्न लागेको हो ।

हाल मिथिला नगरपालिका वडा नं. १०, लालगढ घर भएका बस्नेतले नेकपा एमाले प्रवेश गर्न लागेको कुरा पुष्टि गरे । कांग्रेसमा आफ्नो भविष्य नदेखेर एमाले प्रवेश गर्न उनले लागेको बताए । कांग्रेसभित्र कार्यकर्ताको मुल्याङ्कन छैन, पार्टीको बिचार र सिद्धान्त समाप्त हुँदै छ, कांग्रेस भएर कलम र छाता छापमा भोट हाल्नुपर्ने अवस्था आएकाले पनि आफ्नो स्वाभिमानका लागि बाँकी जीवन एमालेमा बिताउने नेता बस्नेतले जनाए ।

बस्नेत पछिल्लो पटक नेपाली कांग्रेसका १४ औं महाधिवेशनमा संस्थापन पक्ष (शेरबहादुर देउवा) समूहबाट धनुषा जिल्ला सचिव पदमा चुनाव लडेका थिए । २०५५ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर राजनीति यात्रा सुरु गरेका उनले तत्कालिन बेंङ्गाडावर गाविसका पार्टी सचिव, क्षेत्रीय सदस्य र यसअघिको कांग्रेस धनुषा जिल्ला कार्यसमितिको सदस्य भएर पार्टीलाई योगदान पु¥याएका थिए ।

उनले आफ्ना समर्थकसहित कांग्रेस पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने बताए ।