
विजय साह / जनकपुर
जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाउने प्रयास गरेका ११ जनालाई प्रहरीले प्रक्राउ गरेका छन् । नागरिकताबिहिन युवाहरुले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने प्रयास गरेको बताइएको छ ।
अध्यक्ष ओली सोमबार जनकपुर आएको छ । पार्टी प्रवेश तथा सभामा सहभागी हुन उनी जनकपुर आएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका ओलीलाई क्याम्पस चौकमा नागरिकताबिहिन युवाहरुले कालो भण्डा देखाउने प्रयास गरेका थिए ।
जनकपुर एयरपोर्टबाट तिरुहुतीया गाछी सभास्थल जान लागेका बेला क्याम्पस चौकमा जम्मा भएका नागरिकताबिहिन युवाहरुले कालो झण्डा देखाउने तथा सवारी अवरुद्ध गर्ने प्रयास गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले पूर्व प्रधानमन्त्री ओली सवार सवारी अवरुद्ध र कालो झण्डा देखाउने योजना बनाएको आरोपमा ११ जनालाई पक्राउ गरिएको बताए ।
यता, नागरिकताबिहिन संघर्ष समिति मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीर महतोले नागरिकता विधेयक पारित गर्न नेकपा एमालेका अध्यक्ष ओली सहयोग नगरेको र उसैको इशारामा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न नमानेको विरोध कालो झण्डा देखाउने प्रयास गरिएको बताए ।
उनले महादेव महरा, अशोक महतो, प्रमोद यादवलगायतका युवाहरुलाई प्रहरीले पक्राउ गरी लगेको जनाए । पक्राउ परेको सबैलाई रिहा गर्नसमेत अध्यक्ष महतोले माग गरेको छ ।