धनुषामा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु

|

विवरण संकलनको शुभारम्भ गर्दै गणेशमान चारनाथ नगरपालिकाका मेयर तेजनारायण यादव ।

विजय साह /  ढल्केवर, धनुषा

धनुषाको स्थानीय तहहरुबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु गरिएको छ । जिल्लाको १६ वटा स्थानीय तहबाट आइतबारदेखि विवरण संकलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
उनले जिल्लामा १८ वटा स्थानीय तहमध्ये १६ वटामा विवरण संकलन कार्य सुरु गरिएको जनाए ।

मिथिला, गणेशमान, विदेहलगायत स्थानीय तहमा विवरण सङ्कलन सुरु गरिएको छ । बाँकीकोे दुईवटा स्थानीय तहमा पनि छिट्टै व्यवस्थापन गरिने छ । उपकरणमा समस्या देखिएकाले रोकिएको हो, दुरुस्त हुन बितिक्कै पठाउँछौं सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने ।
स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई एक–एकजना कर्मचारी खटाइएको छ । सो स्थानहरुबाट फारम भर्ने भौचर बुभ्mने कार्य भइरहेको छ ।

ईपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र सरकारबाट प्राप्त हुने अन्य सेवा राष्ट्रिय परिचयपत्रकै आधारमा प्रवाह गर्ने लक्ष्य बमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको उनले जनाए ।

यस्तै गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख तेजनारायण यादवले यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाबाट मात्रै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन हुँदै आएकोमा अब आफ्नै गाउँमा विवरण सङ्कलन केन्द्र खुलेपछि जनतालाई सुविधा पुग्ने बताए ।
राष्ट्रिय परिचयपत्रकै आधारमा जनतालाई सेवा सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उनले जनाए ।