ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा नागरिकताबिहिन संघर्ष समितिका युवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जनाएका छन् ।
दुवै सदनबाट दुई पटक पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा नागरिकताबिहिन युवाले राष्ट्रिपति भण्डारीको पुतला जनाएका हुन् ।
उनीहरुले ढल्केवर चोकस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि राष्ट्रपति भण्डारीको पुतला जलाएका छन् । पुतला जलाउनुअघि ति नागरिकताबिहिन युवाहरुले राष्ट्रपति भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नाराबाजी गरेका थिए ।
नागरिकताबिहिन युवाहरुले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।