राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउछ ः अध्यक्ष लिङ्देन

|

ढल्केवर, धनुषा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो प्रतिनिधिसभा र प्रदेससभा सदस्यको चुनावबाट राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने बताउनुभएको छ ।

शुक्रबार धनुषाको ढल्केवरमा राप्रपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाली जनताले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने जानकारी दिनुभयो ।

जनताले नेपाली कांगे्रस, एमाले, माओवादी र मधेशसवादी दललगायत पार्टीको विकल्प जोखिरहेको बताउँदै अध्यक्ष लिङ्देनले आउँदो चुनावबाट ति पार्टीहरुलाई पाखा लगाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, देश र धर्म जोगाउने राप्रपा मात्र एक पार्टी हो । राजसंस्थालाई गाली गरेर र धर्म बेचेर खानेदिन अब यिनीहरुको गए । राजनीतिलाई पेशा व्यवसाय बनाएर खानेहरुलाई जनताले आउँदो चुनावमा देखाउने छन् ।

उहाँले नेपाल विदेशीहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनेको भन्दै संविधान, नीति, कानुन, निर्माणदेखि गठबन्धन सरकार, एमाले विदेशी शक्ति राष्ट्रको ईशारामा चलेको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले भन्नुभयो, आन्तरिक एकता बलियो नभएका कारण नेपाल शक्ति राष्ट्रहरुको राणनीति प्रतिस्पर्धास्थल बनेको छ ।

असफल नेतृत्वलाई अवसर दिँदा नागरिकले दुःख पाइरहेका छन् । धेरै पटक अवसर दिँदा पनि परीक्षणमा विफल भइसकेका नेतृत्व परिवर्तन नगरेसम्म विकास सम्भव नहुने दावी गर्नुभयो । धेरै पटक अवसर पाइसकेका र परीक्षण भइसकेका नेतृत्वबाट देशको समस्या समाधानको सभ्वाना छैन । नेपालको अवस्था र व्यवस्था परिवर्तन गर्न नेतृत्व हस्तान्तरण प्रमुख राजनीतिक मुद्दा बनाउनुपर्ने उहाँको कथन थियो ।

भ्रष्ट्राचार गर्नु आमाको रगत पिउनु सरहको पाप लाग्ने बताउँदै अध्यक्ष लिङ्देनले भ्रष्ट्राचार विरुद्ध चट्टानी हिसाबले प्रस्तुत हुने प्रतिवद्धता दोहो¥याउनुभयो । देशको राजनीतिक नेतृत्वको असक्षमताका कारण महङ्गी, भ्रष्ट्राचार, ऋण र बेरोजगारीको समस्या बढेको उहाँले भन्नुभयो ।