ढल्केवरस्थित धनुष पेट्रोल पम्ममा आगलगी, सामान्य क्षति

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरस्थित धनुष ट्रेडर्सको पेट्रोल पम्ममा आगलगी भएको छ । आइतबार साँझ ७ बजेतिर सो पेट्रोल पम्ममा आगलगी भएको बताइएको छ । आगलगीबाट सामान्य क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहका अनुसार आगलगी हुनुको कारण र क्षतिको विवरण खुल्न सकेको छैन् । आगलगी हुनुको कारण र क्षतिको विवरण संकलन कार्य भइरहेको छ । अनुसन्धान पश्चात मात्र केही भन्न सकिने छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरी, सशस्त्र प्रहरीले वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान थालिएको उनले बताए ।