
ढल्केवर, धनुषा
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रनितिधिसभा सदस्यका स्वतन्त्र उम्मेदावरी दिएका चर्चित हास्य कलाकार कृष्णकुमार महतोले चुनाव चिन्ह कैंची रोजेका छन् ।
देशमा व्याप्त भ्रष्टाचार र अपराधको जालो काट्न चुनाव चिन्ह कैंची रोजेको उनले बताए । वर्तमान अवस्थामा समाजको भलो गर्ने नाउँमा राजनीतिक दलका नेताहरुले सर्वसधारण जनताको मत प्राप्त गरेर भ्रष्टाचार र अपराधमा चुुर्लम डुबेकाले त्यसको जालो काट्न कैंची चुनाव चिन्ह रोजेको प्रनितिधि सभा सदस्यको स्वतन्त्र उम्मेदावर कृष्णले भने ।
उनले भने, अब यो समाजको सोझासिधा जनतालाई ठगिनबाट जोगाउँछु, वास्विक विकासको मुलधारमा रहेर काम गर्छु । ठग फटाहालाई तह लगाउँछु । त्यसलगायत थुप्रै समाज सुधारका काम गर्न मैले उम्मेदवारी दिएको हुँ ।