नेपालको विकास र समृद्धिको यात्रा एमालेले गर्नेछ ः एमाले नेता महासेठ

|

ढल्केवर, धनुषा

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रघुवीर महासेठले एमाले नेतृत्व सरकारको पालामा ऐतिहासिक विकास भएको बताएका छन् ।

मंगलबार धनुषाको शान्तिपुरमा नेकपा एमाले बटेश्वर गाउँपालिका कमिटीद्वारा आयोजित शुभदिपावली तथा छठ पावनको अवसरमा शुभकमना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महासेठले करिब साढे तीन वर्ष केपी ओली नेतृत्वको सरकारले मधेश प्रदेशलगायत देशका सबै ठाउँमा विकासमा फड्को मारेको उदाहरण प्रस्तुत गरे ।


उनले त्यसअघिका सरकारले जनतालाई विकासको नाउँमा भुलभुलैयामा पारेर मत संकलन मात्रै गरिरहेको उल्लेख गर्दै एमालेको नेतृत्व आएसँगै विकासमा कायापलट भएको दावी गरे ।

एमालेले शिक्षा, स्वास्थ्य, विद्युत, ढल, सडक, स्मार्ट सिटी, पुल, खानेपानी, पुनः निर्माण, सिँचाई, हवाई मार्ग, जलमार्ग, रेलमार्ग, युवा स्वरोजगार, अन्तर्राष्ट्रिय सम्बन्ध, नेपालको गुमेको भुमि फिर्ताको प्रकृया, नाकावन्दीको डटेर सामाना, कोरोनाको संकटमा जनतालाई सुरक्षाको निम्ती खोप तथा त्यसको व्यवस्थापनलगायतका असंख्य कामहरु एमाले नेतृत्वले गरेको उल्लेख गर्दै वर्तमान गठबन्धनको सरकार आफ्न्तवाद, चरम भ्रष्टाचार, अनियमितता, राष्ट्रघातमात्र गरेर बसेको उदाहरणसहित प्रस्तुत गरे ।

उहाँले भन्नुभयो, ‘एमालेलाई १०० मा १०० जनताको विश्वास छ, अन्य दलहरुलाई कसैले नबुझेर मात्र समर्थन रहेको छ । नबुझेकालाई पनि बुझाउनुपर्छ । भ्रमबाट मुक्त गराउँदै आगामी निर्वाचन र त्यसपछिको नेपालको विकास र समृद्धिको आधुनिक यात्राको नेतृत्व एमालेले गर्नेछ ।
एमालेको कारणले नै जनताको जीवनमा समृद्धि आएकोछ । कांग्रेसले विकासको सिन्को भाँच्दैन, निर्वाचनमा आश्वासन बाँढ्छ, निर्वाचित भएपछि जनताको दुःख सुखको, विकास र समृद्धि देख्न समेत पाइदैन ।’
उनले धनुषामा पनि विकास र समृद्धिको क्रान्तिकारी रुपान्तर नेपालको इतिहासमा कहिले नभएको कार्य एमालेको नेतृत्व आएसँगै भएको उल्लेख गर्दै उहाँले मुलभुत रुपमा जिल्लामा ठूला आयोजनाहरु सम्पन्न भइसकेको र कतिपय आयोजनाहरु सम्पन्न हुने प्रकृयामा रहेको दावी गरे ।

टोल टोलका सामान्तवादहरुको अन्त्य एमालेले गरिव पिडितहरुलाई समेटेर गाउँगाउँमा सहरकारी, घर घरमा रोजगारीको व्यवस्था गरी गरिव जनताले अपमानित हुनुपर्ने अवस्थाको जरा काट्न सफल भएको छ । कुन दल ठिक वा बेठिक भनेर छुट्याउने समय निर्वाचन भएको उल्लेख गर्दै नेता महासेठले दलहका प्रतिवद्धताहरु विगतका व्यवहारबाट मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । एमाले दलित, महिला, जनजाती, मुस्लीम, पछिपरेका समुदायलगायतका पक्षमा रहेको रहेको दावी गर्दै स्थानीय तहमा ४० प्र्रतिशत तथा प्र्रतिनिधिसभा र प्रदेश सभामा ३३ प्रतिशत सहभागिताको शुनिश्चितता गराउने एमाले मात्र भएको बताए ।