ढल्केवर, धनुषा
धनुषा जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको जित निश्चित रहेको नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले बताएको छ ।
शनिबार धनुषाको लालगढमा प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले अहिले आफूहरु चुनावी प्रचार प्रसारमा गाउँ–गाउँमा रहेको र जनताले आफूहरुलाई राम्रो साथ दिएको जानकारी दिए ।
नेता यादवले आफूहरु प्रचार–प्रसारलाई तीव्र बनाउँदै जनतालाई वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा भोट हाल्न आग्रह गर्दै हिडेको बताउँदै उनले संघीयता र संविधानविरोधी प्रतिगमनकारीलाई जनताले पराजित गर्नुपर्ने भने ।
वाम गठबन्धनको उम्मेदवार हार्नु भनेको जनता हार्नु हो । तसर्थ आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने नेता यादवले भने ।
यसैगरी, धनुषा–४ (ख) वाम–गठबन्धनका साझा उम्मेदवार तथा मधेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्रीसत्रुधन महतोले सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारलाई कुनै दुविधा नराखी एक अर्काको निर्वाचन चिन्हमा मतदात गर्न आग्रह गरे । उनले मनमा कुनै पनि हिन भावना नराखी एक अर्का दलले गठबन्धनका उम्मेदवारलाई खुसी भएर मतदान गर्न भने ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समावेशी र समानुपातिक मान्यतासहित स्थापना भएको लोकतन्त्रको सम्वद्र्धनका लागि पनि वाम–लोकतान्त्रिके गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी रहेको वनमन्त्री महतोले भने । उनले जबसम्म देशमा प्रतिगमनको खतरा रहन्छ त्यतिबेलासम्म गठबन्धन रहने जानकारी दिए ।