५४२ जनाले गरे एमाले परित्यागको घोषणा

|

वीरगञ्ज । पर्सामा ५४२ जनाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले पार्टी परित्याग गरेका हुन् ।

उनीहरुले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेको विभिन्न पद र जिम्मेवारीबाट सामुहिक पार्टी परित्याग गरेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) सँग भएको गठबन्धन अपवित्र रहेको भन्दै उनीहरुले पार्टीको निर्णय प्रति असन्तुष्टी जनाउँदै आएका थिए ।

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा क्षेत्र नं १ का इन्चार्ज बाबुराम कौशिकका अनुसार पार्टीको निर्णयप्रति असन्तुष्ट नेता कार्यकर्ताहरुको शनिबार बैठक बसेको थियो । अनलाइन खबरबाट