लालगढमा ४० जना युवा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका–१०, लालगढमा नेकपा एमाले पार्टी परित्याग गरी ४० जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुधबार लालगढमा आयोजित सत्तारुढ गठबन्धनको वडा भेलामा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गरेका युवाहरुलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रमोहन यादवलगायतका नेताले गमछा तथा माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

नेकपा एकिकृत समाजवादीका नेता सुर्य पुडासैनीका अनुसार नेकपा एमाले पार्टी परित्याग गरेका युवाहरुमध्ये २५ जना कांग्रेसमा, १० जना नेकपा एस र ५ जना माओवादीमा प्रवेश गरेको बताए । एमालेका कार्यकर्ताहरु गठबन्धनमा प्रवेश गरेपछि अन्य वडामा जस्तै यस वडामा पनि गठबन्धनका उम्मेदवार बलियो भएको उनले जानकारी दिए ।