जनमत वडाध्यक्षका उम्मेदवार कांग्रेसमा प्रवेश

|

ढल्केवर, धनुषा

स्थानीय तहको चुनावमा जनमत पार्टीबाट वडा अध्यक्षका उम्मेदवार बनेका धनुषा ढल्केवरका अन्देश साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी स्थानीय तहको चुनावमा धनुषाको मिथिला नगरपालिका वडा नं. ७ बाट वडा अध्यक्षका लागि चुनाव लडेका थिए ।

साहलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले पार्टीमा प्रवेश गरेका हुन् । उनलाई धनुषा–४ (ख) सत्तागठबन्धनका साझा उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका नेता सत्रुधन महतोले पनि स्वागत गरेका थिए ।

शनिबार धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभा कार्यक्रममा साहले जनमत पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।