सत्ता गठबन्धन जाली फटाहाहरुको समूह हो ः महासेठ

|

ढल्केवर, धनुषा

नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले सत्तागठबन्धन जाली फटाहाहरुको समूह भएको बताएका छन् । शनिबार धनुषाको मिथिला नगरपालिका वडा नं. १ मा चुनावी सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले ५० वर्षमा गर्न नसकेको विकास नेकपा एमाले नेतृत्वको सरकारले ३ वर्ष गरेर देखाएको दावी गर्दै नेता महासेठले मंसिर ४ गते हुने निर्वाचनमा जाली फटाहाहरुलाई जनताले ठेगान लगाउने जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ३ वर्षमा विकास निर्माणमा आमूल परिवर्तन भएको ठोकुवा गर्दै नेता महासेठले भने, सडक, पुल, भौतिक संरचनालगायतका विकास निर्माण एमाले सरकारको पालामा भएको भएपनि सत्तागठबन्धनका नेताहरु लाज पचाएर हामीले विकास गरेको दावी हास्यास्पद भएको भने ।

उनले सत्ता–गठबन्धन जालझेल र तिकडमको सहाराले चलिरहेको बताए । उनले नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको र एकको नेतृत्व केपी शर्मा ओलीले गरेकोछ । जसमा देशभक्त नेपाली रहेको दाबी गरे ।

सत्ता गठबन्धनलाई कटाक्ष गर्दै नेता महासेठले अर्काे पक्ष जाली फटाहाको राजनीति गर्ने समूह रहेको र देश भत्काउने दिशामा अघि बढेको आरोप लगाए ।