
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–८, कुसुमबिछौनामा नेपाली कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आइतबार कुसुमबिछौनामा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका स्थानीय नेता रामभरोस महतोको नेतृत्वमा माओवादीलगायत विभिन्न पार्टीका सयौंं जना एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव तथा धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रघुवीर महासेठले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका महतोले तीन पुस्तादेखि कांग्रेसमा आवद्ध रहेको र कांग्रेसका नेतृत्व वर्गले जनताको अपेक्षाअनुसार विकासको लक्ष्य पन्छ्याउन नसक्ने अवस्था देखेपछि एमालेमा प्रवेश गरेको बताए ।