ढल्केवर, धनुषा
सत्तागठबन्धनका साझा उम्मेदवार धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र धनुषा–४ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता सत्रुधन महतोलाई घरदैलो अभियानको क्रममा स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।
आइतबार बटेश्वर गाउँपालिकामा घरदैलो गरेको सत्तागठबन्धनका उम्मेदवारहरुलाई घर–घरमै फूलमाला लगाएर स्वागत गरेका थिए । गठबन्धनका उम्मेदवारले नै अहिलेको राजनीतिलाई निकास दिने उनीहरूको विश्वासका साथ कतिपयले घर अगाडि कलशसहित फूलमालाले स्वागत गरेका थिए ।
जनताको सुख, दुखमा साथ दिने सत्तागठबन्धनका उम्मेदवारलाई नै यसपटक निर्वाचित गराउने स्थानीयवासीले प्रतिवद्धता जनाए ।
घरदैलो कार्यक्रममा रहेको प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा प्रदेशसभा सदस्यका उम्मेदवार महतोले आफ्नो उम्मेदवारी विकासका लागि भएको प्रतिक्रिया दिए ।