ढल्केवरमा एमालेको किल्ला भत्किदैँ, एमाले परित्याग गरी सयौं कार्यकार्ता कांग्रेसमा प्रवेश

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरमा सयौं जनाले नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न् ।
एमाले पार्टीका नेतृत्वप्रती असन्तुष्टी जनाउँदै ढल्केवरस्थित मगरटोलका मोहन खप्तरीको नेतृत्वमा सयौं जना एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन । एमालेको लालकिल्ला भनेर चिनिने मगरटोलका सयौं जना कांग्रेसमा प्रवेश गरेपछि धनुषामा एमाले कमजोर हुने अनुमान गरिएको छ ।

नवप्रवेशीहरुलाई नेपाली कांग्रेस सहमहामन्त्री तथा धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । कांग्रेस प्रवेश गरेकाहरुलाई नेकपा एकीकृत समाजवादीका नेता तथा धनुषा–४ “ख“ प्रदेशसभा सदस्यका उम्मेदवार सत्रुधन महतोले समेत स्वागत गरेका थिए ।

नव प्रवेशीहरुले नेकपाको कार्यशैलीप्रति चरम असन्तुष्टि जनाउँदै नेकपा परित्याग गरेको सामूहिक घोषण गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

हाल समाजमा मौलाउदै गएको बेथिति, विसङ्गति जनप्रतिनिधिको उन्माद, घमण्ड साथै विकासको नाममा भएको चरम भ्रष्टाचारले सीमा नाघेको हुँदा एमाले परित्याग गरेको उनीहरूले बताए । अब नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुने र समाज रूपान्तरणमा कांग्रेसले महत्वपूर्ण योगदान दिन सक्ने कुरामा आफूहरू विश्वस्त रहेको नवप्रवेशीहरुले बताए ।