कांग्रेस प्रवेश गरेकाहरु पुनः एमालेमै कर्फिए

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा दुई दिनअघि नेपाली कांग्रेस प्रवेश गरेका नेकपा एमालेका कार्यकर्ता पुनः एमालेमै फर्किएका छन् । बुधबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरी कांग्रेस प्रवेश गरेका ६० जना पुनः एमालेमै फर्किएका हुन् ।

कांग्रेस सोमबार एक भेलाको आयोजना गरी उनीहरुलाई पार्टी प्रवेश गराएको थियो । तर पार्टी प्रवेश गरेको दुई दिन नबित्दै उनीहरु नेकपामा फकिएका हुन् । नेकपामा फर्किएकाहरुलाई धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा धनुषा–४ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य हरिनारायण महतोले समेत पार्टीमा फर्किकाहरुलाई अबिरमाला लगाएर स्वागत गरेका थिए ।

यसैगरी, धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा नेपाली कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।