जनकपुरधामको फोहोर कोसेली स्वरूप मुख्यमन्त्री कार्यालयमा पठाइयो

|

जनकपुर ।
जनकपुरधामको फोहोर व्यवस्थापनप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन स्थानीय सरसफाइ अभियन्ताले कोसेलीको रुपमा फोहोर विभिन्न सरोकारबाला निकायमा पु¥याएका छन् ।

धनुषसागर सरसफाइ अभियानमा सक्रिय अभियन्ता जयनाथ अधिकारीसहितका युवाले जनकपुरधाम उपमहानगरपालिका कार्यालय, मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा कोसेली स्वरूप फोहर पु¥याइएका हुन् ।

सरसफाइ अभियन्ता अधिकारीले जनकपुरधामको सरसफाइ व्यवस्थाप्रति स्थानीय तह, प्रदेश सरकार तथा प्रशासन उदासीन रहेको आरोप लगाउँदै यस्तो कार्य गरेको बताउनुभयो । प्रादेशिक राजधानी तथा ऐतिहासिक, धार्मिक एवं पर्यटकीय नगरका रूपमा परिचित जनकपुरधाममा फोहोर व्यवस्थापन प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।

अभियन्ता अधिकारीले जनकपुरधामको सरसफाइलाई प्राथमिकतामा राखेर प्रभावकारी तरिकाले फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गर्नुभयो । उहाँले नागरिकको स्वास्थ्य, पर्यावरण संरक्षण तथा नगरको धार्मिक पर्यटकीय छविका लागि सरसफाइ व्यवस्थापनमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।