नेसपाका अध्यक्ष महतोले गरे मतदान

|

ढल्केवर, धनुषा
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले आफ्नो गृह जिल्ला धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार रहेका महतोले केन्द्रबाट आइतबार बिहान ८ बजे मतदान गरेका हुन् ।

धनुषाका सबै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान बिहान ७ बजेदेखि सुरु भइरहेको छ ।