
ढल्केवर, धनुषा
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सोमबार दिउँसो २ बजेपछि मात्रै सुरु हुने भएको छ । निर्वाचन आयोगले जारी गरेको नयाँ निर्देशिकाका कारण मतगणना ढिलो हुने भएको हो ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिक मतगणना गर्न निर्देशन जारी गरेका कारण यहाँको मतगणना अलि ढिलो हुने धनुषा–४ निर्वाचन आयोगका प्रमुख सुदिप दङ्गालले बताए । उनले सोमबार बिहान मात्र यस्तो निर्देशन आएको जानकारी दिए ।
प्रमुख दङ्गालले प्रत्यक्षतर्फको मतगणना स्थलको तयारी पुरा भइसकेको र समानुपातिकतर्फको मतगणना स्थल व्यवस्थान गर्न केही समय लाग्ने भएकाले मतगणनामा ढिलाई भइरहेको बताए ।