मधेस सरकारका अर्थमन्त्री साह जनमतका उम्मेदवारसँग पराजित

|

राजविराज — जनमत पार्टीले मधेश प्रदेश सभामा दोस्रो जित निकालेको छ । सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७ सय ३४ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरे । विजयी सिंह गत स्थानीय तहको चुनावमा सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका अध्यक्षमा पराजित भएका थिए ।

लोसपाबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी जनमत पार्टीमा प्रवैश गर्दै प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए ।