विजयकुमार साह
ढल्केवर, धनुषा
कोभिड–१९ संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न दुई वर्षअघि देशभर गरिएको लकडाउनका कारण धनुषाको धनौजी गाउँपालिका वडा नं. २ गौरदाहाकी ३४ वर्षीया ललिताकुमार मण्डललाई परिवार पाल्न निकै समस्या झेल्नु प¥यो ।
गाउँघरमा हरवाचरवाको रुपमा कृषि मजदुरी गरेर परिवार पाल्दै आएकी ललितालाई लडकडाउनका कारण काम नपाउँदा परिवार पाल्न समस्या झेल्नु परेको थियो ।
आफूसँगै कृषि मजदुरी गर्ने श्रीमान अर्जुन मण्डल पनि वेरोजगार बनेपछि परिवारमा हातमुख जोर्न समस्या भएपछि कोरोना संक्रमणको बेपरवाह गर्दै घर नजिकै मुरही कचरीको व्यापार सुरु गरिन् । तर, कोरोना संक्रमणको डरले कोही पनि खरिद गर्न नआएपछि उनी झ्नै समस्यामा परिन् ।
भागमा रहेको तीन धुर जग्गामा सानो झोपडी बनाएर बसोवास गर्दै आएकी ललितालाई अब यो लकडाउनमा स–साना छोराछोरीलाई के खुवाउने आफू के खाने भन्ने चिन्तामा डुबेकोे बेला द फ्रिड्म फन्डको सहयोगमा सञ्चालित सामुदायिक सुधार केन्द्र धनुषाले राहतमा नगद १० हजार रुपियाँ उपलब्ध गरायो । राहतमा १० हजार रुपियाँ प्राप्त भएपछि ललिताको परिवारमा खानपिनको मात्रै समस्या टरेन आर्थिक अवस्था नै फेरियो ।
राहतमा प्राप्त १० हजार रुपियाँबाट केही रुपियाँको अन्नपात खरिद गरिन र जोगिएको रुपियाँले गाउँमै किरानासहित नास्ताको व्यापार सुरु गरिन् । उनले व्यापार सुरु गर्दा कोरोना संक्रमण विस्ता घट्दै गएको थियो ।
कोरोना संक्रमण घटदै गइरहेको र अवस्था सामान्य भइरहेको बेला सुरु गरेको व्यापार चलेपछि अहिले ललिताको आर्थिक पक्षमा सुधार देखिएको छ ।
ललितालाई अब खानपिउन र छोराछोरी पाल्न समस्या छैन । कोरोना संक्रमण घटेपछि श्रीमानलाई वैदेशिक रोजगारमा पठाएकी ललिताले भनिन्, ‘आपत्तविपत्तमा परेको बेला सामुदायिक सुधार केन्द्र धनुषाले उपलब्ध गराएको राहत रकम मेरो लागि वरदान सावित भयो ।’ सामुदायिक सुधार केन्द्रको गरेको गुण कहिल्यै बिर्सिदिन् ।
सामुदायिक सुधार केन्द्र धनुषाले गोरदाहा गाउँको विपन्नहरुको आर्थिक अवस्थामा सुधार ल्याउन जय माँ दुर्गे हरवाचरवा समूह गठन गरी शसक्तिकरणका कार्यहरु गर्दै आएका छन् ।