
विजयकुमार साह
ढल्केवर
नेपाली कांग्रेस अनुशासन समितिका संयोजक आन्नदप्रसाद ढुङ्गानाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरिने बताउनुभएको छ ।
बिहिबार धनुषाको लक्ष्मीनियामा आयोजित कांग्रेस कार्यकर्ताको भेलामा उहाँले अन्तरघात गरेर पार्टीलाई हराउने जुनसुकै तहका नेताकार्यकर्ता भएपनि कारवाही गरिने जानकारी दिनुभयो ।
पार्टीभित्र अन्तरघातकै कारण धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले पराजय व्यहोर्नु परेको बताउनुहुँदै संयोजक ढुङ्गानाले अन्तरघातीलाई कारवाही नभएसम्म चुनाव जित्न नसक्ने भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ । अन्तरघात गर्नेहरुको पहिचान गरी सूची तयार पारेर सिफारिस पठाउन वडा, नगर, क्षेत्र र जिल्ला कार्यसमितिका पदाधिकारीलाई संयोजक ढुङ्गानाले भन्नुभयो ।
त्यस्तै, धनुषा–४ नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुमरकान्त झाले सम्पन्न आम निर्वाचनमा अन्तरघात गर्ने तीन जनालाई पार्टीबाट निस्कासन गरिएको बताउनुभयो । उहाँले समिरि यादव, आनन्द यादव र अशोकसिंह सुवेदीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको जानकारी दिनुभयो ।
क्षेत्रीय कार्यसमितिको बैठकबाट उनीहरुलाई पार्टीबाट निस्कान गरिएको र अनुमोदनका लागि प्रमाणसहित केन्द्रीय कार्यसमितिमा पठाइएको सभापति झाले बताउनुभयो । गोरखापत्र अनलाइनबाट