ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा व्यवसायीहरुले बैंकहरुले बढाएको चर्को व्याजविरुद्ध प्रदर्शन गरेका छन् । मिथिला उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार ढल्केवरमा व्यवसायीहरुले विरोध प्रदर्शन गरिएका हुन् ।
बैंकहरुले बढाएको व्याजदरको विरोध गर्दै व्यवसायीहरुले “मौद्रिक नीति परिमार्जन गर, ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, व्यवसाय गरी खान देउ” जस्ता मागहरु लेखिएको पर्चा तथा ब्यानर बोकेर ढल्केवर चौकमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।
मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साहले बैंकले व्याज वृद्धि गर्दा व्यवसायीहरु मारमा परेको बताउनुभयो ।
बैंकहरुले बढाएको व्याज तत्कालै फिर्ता लिन र व्यवसायीहरुलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष साहले कर्जाको व्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसायी नै धरायसी बन्दै गएकाले विरोधमा उत्रिनु परेको जानकारी दिनुभयो । बैंकले व्याजदर नघटाएसम्म निरन्तर प्रदर्शन गरिरहेन बताउनुभयो ।
व्यवसायीहरुले बैंकको चर्को व्याजविरुद्ध गरिएको प्रदर्शनमा जानकी अटोमोबाइल्स एसोशियसन अफ नेपाल मधेश प्रदेशका पदाधिकारीहरुको समेत सहभागिता थियो ।