
जाजरकोट, मङ्सिर २६ गते । जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । जिल्लाको छेडागाड नगरपालिका –४ र ५ को दशेरादेखि वडावन जाँदै गरेको अवस्थामा आज सोमबार साँझ भिरपाटी नजिक ०२-००१ च ४२९ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जनकुमार न्यौपानेले जिप दुर्घटनामा परेको खबरलगत्तै प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको बताउनुभयो । हालसम्म नौ जनाको मृत्यू भएको र ३ जना घाइते भएको खवर आएको उहाँले जानकारी दिनुभयो ।
घटनाको विस्तृत विवरण आउन अझै केही समय लाग्ने उहाँको भनाइ छ । मृतकहरु कुनैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।