प्याब्सन धनुषाको प्रथम जिल्ला परिषद सम्मन्न

|

ढल्केवर, धनुषा

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धनुषाको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । शनिबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका हारसरस्थित जीवन केन्द्रको सभाकक्षमा प्याब्सन धनुषाका अध्यक्ष विनोदकुमार यादवको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सदस्य नरेन्द्र शर्माको प्रमुख आतिथ्यमा परिषद सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिति शर्माले निजी तथा आवासीय विद्यालयहरुले अझ गुणस्तरीय र प्रभावकारी शिक्षामा जोड दिनुपर्ने बताए । उनले देशको शिक्षा प्रणालीमा सुधारको आवश्यकतामाथि जोड दिएका थिए । कोभिड–१९ को कारण लामो समयसम्म विद्यालय बन्द हुँदा संस्थागत विद्यालय ठूलो क्षति पुगेको भएपनि बिस्तारै सुधार हुँदै गएको बताउँदै प्रमुख अथिति शर्माले कुनै पनि तहको सरकारले संस्थागत विद्यालयको विकासका लागि ध्यान नदिएको भने ।

कार्यक्रममा प्याब्सन मधेस प्रदेशका सचिव गणेशकुमार साह, पूर्व प्रदेश उपाध्यक्ष महेश मण्डल, पूर्व प्रदेश सचिव विश्वलाल सिंह, प्याब्सन जनकपुरका पूर्व सचिव तथा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २२ का वडाध्यक्ष विमलेशकुमार मिश्रलगायतका वक्ताहरुले शुभकमना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वक्ताहरुले निजी तथा आवासीय विद्यालय संचालकहरुले भोग्नु परेको समस्या, परिक्षा प्रणाली, विद्यार्थीको तथ्याङ्क, ईमिस प्रणाली र कोभिडको प्रभावले भएको क्षतिलगायत सांगठनिक विषयमा आ–आफ्नो धारणा राखेको थिए ।

कार्यक्रमको अवसरमा गत कात्तिक १६ गते भठिहनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका प्याब्सन सबैलाका सदस्य रामसेवक पण्डितको योगदानलाई कदर गर्दै मरनोपरान्त सम्मान गरेको छ । सबैला नगरपालिका–१० खरहियानी निवासी स्वर्गीय पण्डितको श्रीमति रेणु पण्डितलाई नगद ११ हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।